अबैध हुन्डी कारोबारमा कमी आएको राजश्व अनुसन्धान विभागको दावि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अबैध हुन्डी कारोबारमा कमी आएको राजश्व अनुसन्धान विभागको दावि

काठमाडौं, ३ कात्तिक । विदेशका नेपालीहरुका लागि छिटो र सजिलो तरिकाले पैसा पठाउने पहिलो तर अबैध माध्यम हुन्डी नै भएको छ । नेपालबाट आउने जाने केहीले अबैध हुन्डीलाई व्यवसाय नै पनि बनाएका छन् । पछिल्लो समय सरकारले हुन्डी कारोबार रोक्न सम्बन्धित निकायमा निर्देशन दिएपछि अहिले भने केही कमी आएको राजश्व अनुसन्धान बिभागको दावि छ ।

विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानलबाट पठायो भने त्यो रेमिट्यान्समा गनिन्छ । तर बैंकिङ च्यानलबाट नभई दलालहरु मार्फत सिधै पैसा पठाउने अवैध माध्यमलाई हुन्डी कारोबार भनिन्छ ।

कार्यथलोमै लिन आउने र घरमै पु-याईदिने अनि धेरै सेवाशुल्क पनि नलाग्ने भएकाले हुन्डी कारोबारले धेरैलाई आकर्षित गरेको छ । तर गतबर्षको तुलनामा यो बर्ष भने हुन्डी कारबारमा केही कमी आएको महानगरिय प्रहरी प्रभागका प्रवक्ता होवेन्द्र बोगटीले बताउनुभयो ।

बैंकिङ प्रणालीबाट पठाउँदाभन्दा कम समय लाग्ने, पैसाको स्रोत खुलाउने तथा अन्य प्रक्रियागत झन्झट पनि नहुने भन्दै हुन्डीको माध्यम प्रयोग गरेर थुप्रै नेपालीले विदेशबाट पैसा पठाउने गर्दछन् ।

पछिल्लो समय राजश्व अनुसंन्धान बिभाग र नेपाल प्रहरीले निगरानी बढाएपछि ९१ वटा कसुरमा चार अर्व ६२ करोड बिगो कायम गरेर अदातल पेश गरेको छ । साथै यसमा संलग्न तीनसय भन्दा बढीलाई कारवाहीको दायरमा ल्याइएपछि हाल केही कमी आएको राजश्व बिभागका महानिर्देशक दीर्घराज मैनालीले बताउनुभयो ।

अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउँछ । यसले अनाधिकृत व्यापार व्यवसाय बढाउन सक्छ भने राजश्व समेत घटाउँछ । अवैधानिक रुपले भित्रिएको रकमले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव समेत पारेको बिभागको भनाइ छ ।

नेपालमा सम्पत्ति शुद्धिकरण ऐन कार्यान्वयनमा आइसकेपछि हुन्डीबाट आउने रकम पनि कालो धनको रुपमा मानिदै आएको छ । हुन्डीमार्फत् आएको पैसालाई भने आन्तरिक राजश्व विभागले कालो धनअन्र्तगत राख्ने गरेको र कानुनी कारवाहीको दायरामा ल्याइने गरेको बिभागको भनाइ छ ।

जनचेतनाको कमीका कारण बिदेशमा बस्ने नेपाली र नेपालमा यस्ता कारोवार फस्टयाइ रहेको छ । यसले गर्दा नेपालको अर्थतन्त्रलाई पनि ठुलो असर पु-याई रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);