सांसद आलमलाई थप ५ दिन थुनामा राख्न अदालतद्वारा म्याद थप | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

सांसद आलमलाई थप ५ दिन थुनामा राख्न अदालतद्वारा म्याद थप

alam

काठमाडौं, ३ कात्तिक । हत्या आरेपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद माेहम्मद आफताव आलमलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले म्याद थप गरेको छ ।

आइतवार जिल्ला अदालत रौतहटका न्यायाधीश चाणकमणी अर्यालको ईजलासले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको हो । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौटहटको राजपुर फरदहवामा भएको बम विस्फोटका घाइतेलाई ईट्टा भट्टामा हालेर मारेको अभियोगमा आलम पक्राउ परेका छन् ।

०६४ चैत २७ गते राति रौतहटको राजपुरमा बम विस्फोट भएको थियो । बम विस्फोटमा मृत्यु भएका केही परिवारले प्रहरीमा उजुरी दिएपछि त्यसबेलै प्रहरीले अनुसन्धान गरेको थियो ।

तर, प्रर्याप्त प्रमाण नभएको भन्दै त्यसबेला अदालतले सरकारी वकिलको कार्यायबाट मुद्दा नचलाउने निर्णय गरेको थियो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले०७५ चैत ८ गते पुनः मुद्दा चलाउने आधारहरु प्रसस्त भएको भन्दै पक्राउ गर्न आदेश दिएको थियो ।

आलमलाई गत असोज २६ गते रौतहटको गौर स्थित शेख इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो । यस अघि अदालतले अनुसन्धानका लागि गत असोज २८ गते ७ दिनको म्याद थप गरेको थियो ।

७ दिनको म्याद सकिएपछि आइतवार जिल्ला अदालतले पुन ५ दिनको म्याद थप गरेको हो । आलमलाई अदालत लैजाँदै गर्दा आलम सर्मथकहरुले नाराबाजी गरेका थिए ।

आलमले आफ्ना सर्मथकहरुलाई कपोलकल्पित मुद्दामा फसाइएको बताएका थिए । आलमको तर्फबाट बहस गर्ने कानून ब्यवसायीहरुले आलमलाई थुनामा राख्नु नपर्ने जिकिर गरेका थिए ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);