चिनियाँ राष्ट्रपति सीको स्वागतमा बनाइएका गेट र फुलका गमला हटाइयो | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

चिनियाँ राष्ट्रपति सीको स्वागतमा बनाइएका गेट र फुलका गमला हटाइयो

xi bhraman ko tayari

काठमाडौं, २८ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका लागि ठाउँठाउँमा सजाईएका आकर्षक गेट र फुलका गमलाहरु हटाईएको छ । राष्ट्रपति सी को भ्रमणको बेला विमानस्थलदेखि सोल्टी होटलसम्मका सडकमा विभिन्न किसिमका फुल गमला सहित आकर्षक गेट बनाएर सजाइएको थियो ।

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि गौशाला जाने सडक र कोटेश्वर तिनकुने हुँदै बबरमहल, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टी होटल जाने सडकमा विभिन्न किसिमका फुलका गमला, गेट साईनबोर्ड तथा धर्म तथा संस्कृति झल्किने पोष्टरहरु हटाईएपछि केही समयका लागि सिंगारिएको राजधानी फेरी पुरानै अवस्थामा आईपुगेको छ ।

त्यति मात्रै होईन, सडकका पोलपोलमा र चोकचोकमा सजाइएका दुवै देशका राष्ट्रपतिका रंगिन फोटोहरु पनि हटाईएको छ । सडक किनारमा रोपिएका फुलहरु भने स्याहार सुसारको अभावमा सुक्न थालेका छन् ।

राष्ट्रपति सी को स्वागतका लागि सरकारले १ करोड रुपैयांको फुलका गमला भाडा लिएर राजधानी सजाएको थियो । राष्ट्रपति सीको स्वागतका लागि सडकमा ब्रुमर लगाई सफा गरेको थियो ।

तर ब्रुमरले सफा गरेको राजधानीका सडक पहिला जस्तै धुलाम्य भइसकेको छ । विशिष्ट अतिथी आउँदा सरकारको काम देखेर उत्साहीत बनेका सर्वसाधारण सजाईएका फुल, पोस्टर र साइनबोर्ड हटाइएकोमा आक्रोसित भएका छन् ।

विशिष्ट अतिथी आउँदामात्र राजधानी सिगारिने नगरेर सधैको लागि राजधानीलाई सुन्दर बनाउने कामतर्फ ध्यान दिन सर्वसाधारणको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);