राजपा सांसद प्रमोद शाह त्रिभुवन विमानस्थलबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

राजपा सांसद प्रमोद शाह त्रिभुवन विमानस्थलबाट पक्राउ

pramod shah

काठमाडौं, २८ असोज । जनकपुरस्थित बुद्ध एयरको टिकट काउन्टर तोडफोड गरेको भन्दै राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभाका सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार जहाज उड्न ढिलो भएको झोकमा सांसद शाहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शाहलाई पक्राउ गर्न मंगलवार पत्र काटेको थियो । पत्र काटेको केही घण्टाको अन्तरालमा काठमाडौंमा रहेका सांसद शाह त्रिभुवन बिमान स्थलबाट पक्राउ परेका हुन । सोमबार नै ‘गैर सैनिक हवाइ उडान २०१५ अन्तर्गत सांसद साहमाथि उजुरी परेको थियो ।

नागरिक उड्डयन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको र हवाई उडानमा बाधा उत्पन्न गरेको भन्दै सांसद साह विरुद्ध सोमबार साँझ नै जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी दिनुभएको थियो ।

सांसद साहले भने विमानस्थलको रनवेमा छाडा चौपाया, विशिष्ट कक्षमा फालिएको फोहर र मुटुका बिरामीलाई तत्कालै काठमाण्डौं पुर्याउने विषयमा विमानस्थलका कर्मचारी र एयरलायन्सले वेवास्ता गरेपछि रिसले काउन्टरमा लात्तिले हिर्काएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);