सांसद साहलाई अनुसन्धानका लागि चार दिनको म्याद थप, राजपा नेपाल आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सांसद साहलाई अनुसन्धानका लागि चार दिनको म्याद थप, राजपा नेपाल आन्दोलित

mp-pramod-shah

काठमाडौं, २९ असोज । जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राजपा नेपालका सांसद प्रमोद कुमार साहलाई जिल्ला अदालत धनुषाले चार दिनको म्याद थप गरेको छ । मंगलबार दिउँसो पक्राउ परेका सांसद साहलाई जिल्ला अदालत धनुषाको इजलास नं. १ का न्यायधिश तीर्थप्रसाद केसीको इजलासले अनुसन्धानका लागि ४ दिनको म्याद थप गरेको हो ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ओखलढुङ्गा जाने क्रममा साहलाई पक्राउ गरिएको थियो । जहाज उडाउन ढिलाइ गरेको भन्दै साहले सोमबार बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका आफ्ना सांसदको रिहाइको माग गर्दै राजपा प्रदेश सांसदसहित नेता तथा कार्यकर्ताहरुले बुद्ध एयरको जनकपुरस्थित कार्यालय अगाडि प्रर्दशन गरेका छन् ।

बुधबार बिहान ९ बजे बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्न पुगेका उनीहरुलाई प्रहरीले रोकेपछि आक्रोशित कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । यसअघि उनीहरुले बुधबार विहान ८ देखि ९ बजे सम्म एक घण्टा रामानन्द चोकमा यातायात अवरुद्ध गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);