काठमाडौं, २८ असोज । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले साढे तीन वर्षपछि नेपाल क्रिकेट संघ (क्यान)माथिको निलम्बन फुकुवा गरेको छ । १२ वैशाख ०७३ देखि निलम्बित क्यानलाई आइसिसी बोर्ड बैठकले सोमबार निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
आइसिसीका अनुसार क्यानको नयाँ कार्यसमितिले तत्काल पूर्ण हैसियतमा काम गर्न भने पाउने छैन । आइसिसीले फेरि क्यानको नयाँ कार्यसमितिसँग समयतालिकासहित नयाँ योजना बनाउनेछ र ती योजनाअनुसार मात्रै रकम विनियोजन गर्नेछ । क्यानको निलम्बन फुकुवा गर्ने आइसिसीको निर्णलाई क्यानको कार्यसमितिले स्वागत गरको छ ।




