दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरीजमा भारत विजयी | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरीजमा भारत विजयी

india wins 11th test series

एजेन्सी, २६ असोज । दक्षिण अफ्रिकाविरुद्ध ३ मध्ये दोस्रो टेष्टमा भारत एक इनिङ र १ सय ३७ रनले विजयी भएको छ । भारतको पुणेमा आइतबार दक्षिण अफ्रिकाको दोस्रो इनिङ १ सय ८९ रनमा सिमित गरेर भारतले एक इनिङ र १ सय ३७ रनको जित निकालेको हो ।

पहिलो इनिङमा ३ सय २६ रनले पछि परेर फलोअन भएको दक्षिण अफ्रिकालाई १ सय ८९ रनमा सिमित गर्न भारतका रवि चन्द्रन आश्विनले ४, उमेश यादवले ३ तथा मोहम्मद सामिले २ विकेट लिए । यो टेष्टमा विराट कोहलीको २ सय ५४ र मयन्क अग्रवालको १ सय ८ रनसंगै भारतले ५ विकेट गुमाएर ६ सय १ रन बनाउदा पहिलो इनिङ सकिएको घोषणा गरेको थियो ।

जवाफमा दक्षिण अफ्रिकाले पहिलो इनिङमा २ सय ७५ रन बनाउदा सबै विकेट गुमाएर फलोअन भएको थियो । दोस्रो टेष्ट जितेर भारतले श्रृखला २–० बाट हात पारेको छ । तेस्रो टेष्ट कात्तिक २ गतेदेखि भारतको राँचीमा हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);