चिनियाँ राष्ट्रपतिको स्वागतका लागि लगाइएका ब्यानर च्यात्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि लगाइएका ब्यानर च्यात्ने पक्राउ

xi banner

काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि राखिएका ब्यानर च्यात्ने २ जना पक्राउ परेका छन् । काठमाडौंको बिजुलीबजार र तीनकुने क्षेत्रमा लगाइएका ब्यानर च्यात्ने २ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजकुमार ठाकुर र गोपाल सार्की छन् । उनीहरुले मंगलबार राति ब्यानर च्यातेका थिए ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);