काठमाडौँ, २३ असोज। नेपालका विभिन्न क्षेत्रमा आफ्नै किसिमको संस्कृति अनुसार दशैं मनाइन्छ । पश्चिम नेपालका कतिपय क्षेत्रमा दशमीको दिनमामात्र टीका लगाइन्छ ।
समयसंगै केही पश्चिमी क्षेत्रमा पूर्णिमैसम्म पनि टीका लगाउन थालिएको छ । काठमाडौंसहितका पूर्वी जिल्लाहरुमा भने पूर्णिमासम्मै टीका लगाउने चलन छ ।
केही क्षेत्रहरुमा दशमीको दिन लगाइएको टीका एकादशीको दिन विश्राम लिएर द्धादशीको दिनदेखि पुनः लगाइने गरिन्छ । विदेशमा रहेका नेपालीहरुले पनि पूर्णिमासम्मै टीका लगाउँछन् । टीका लगाउनकै लागि सरकारले पहिलो पूर्णिमासम्म बिदा दिने गरेको भए पनि





