काठमाडौँ, १९ असोज । वरिष्ठ टेलिभिजन पत्रकार राजेन्द्रदेव आचार्यको निधन, उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको परिवारद्वारा जानकारी ।
वरिष्ठ टेलिभिजन पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ ।
लामो समयदेखि कलेजोको संक्रमणबाट पीडित हुँदै आउनुभएका ६१ वर्षीय आचार्यको आइतबार बिहान ६ः३० बजे उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । पत्रकारिता, अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्य दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाश लिनुभएको थियो ।