गुल्मीका युवाले ल्याए पैचो पसल कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

गुल्मीका युवाले ल्याए पैचो पसल कार्यक्रम

paicho pasal1

अन्जान ज्ञवाली
गुल्मी, १४ असोज । गाउँ घरमा गर्जाे टार्न सामान साटासाट गरर काम चलाउने चलन पैचो आज भोली दन्त्यकथा झै लाग्ने गर्छ । तर गुल्मीको थोर्गा गाउँमा फेरी पैचो प्रणाली देखिएको छ । थोर्गा गाउँका किसानहरु फेरी पैचो प्रणालीमा लागेका छन् । थोर्गाका युवाहरुले शुरु गरेको पैचो कार्यक्रममा गाउँका किसानहरुले उत्पादन गरेका कृषि जन्य वस्तुहरु पैँचो प्रणालीमा साटफेरसंगै किसानको घरदैलोमा पुगेर खरिद समेत गरिन्छ ।

अहिलेका पुस्ताका लागि पैचो अचम्मको प्रणाली हो । पैचोको व्यवहार अहिले कथाहरुमा मात्र सीमित छन् । तर गुल्मीको थोर्गा गाउँमा पैचो प्रणाली फेरी देखिन थालेको छ । गुल्मीका केही युवाहरुले पैचो पसल कार्यक्रम सञ्चालनमा ल्याएका छन् । यहाँ किसानहरुले आफ्नो कृषि उपजसंग मूल्य बराबरको आवश्यक अन्य सामग्रीहरु लिन पाउँछन् । मुख्यरुपले गाउँघरका साना किसानका उत्पादनलाइ संकलन गर्ने र त्यसको साटोमा सामान संगै नगद दिने काम पैंचोले गर्ने गरेको छ ।

गुल्मी लगायतका जिल्लाहरुमा पैचो पसल कार्यक्रमको संकलन डिपोहरु छन् । एउटा निश्चित दिन पारेर किसानका उत्पादनहरु पैचो पसलले तोकेको मुल्यदरमा किसानहरुसंग साटफेर र नगदमै खरिद समेत गर्छ । हरेक हप्ताको निश्चित दिन कृषकहरु उत्पादन बोकेर पैचो पसलमा पुग्छन् ।

पैचो पसलले कृषकहरुलाई अहिले निकै सजिलो बनाएको छ । आफ्नो उत्पादनलाई पसलसम्म पुर्‍याउँछन् र आफुलाई आवश्यक सामाग्री लिएर जान्छन् । आफ्नो उत्पादनका लागि बजारको समस्या भोग्दै आएका किसानहरुलाइ समेत पैचो कार्यक्रमले राहत पुगेको छ
। सानादेखि व्यवसायिक किसानहरुलाई यो प्रणालीले सहयोग गरेको किसानहरुको अनुभव छ।

गाउँघरका किसानहरुलाइ संगठित गर्ने, कृषि उत्पादन कसरी र कुन समयमा गर्ने, मल विउ, सत्रु जिव, मित्र जिव, वारेमा जानकारी गराउँदै उनीहरुलाई कृषि सचेतनाको माध्यमवाट उत्पादन बढाउने प्रयास पैचो कार्यक्रमले शुरु गरेको छ । पैचो कार्यक्रमले तोकेको दिनमा प्राविधिक पठाएर सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्ने र त्यसका लागि गाउँ घरमै कृषि टनेल तथा पोखरी निर्माणका साथै विउ विजन समेत उपलव्ध गराउने तयारी गरेको छ ।

मुख्यतया किसानहरुलाई व्यवसायिक वनाउंदै आधुनिक कृषि प्रणालीमा लगाउने, उनीहरुको उत्पादनलाई वजारसम्म पुर्‍याउने कामले पैचो कार्यक्रम ग्रामीण किसानका माझमा लोकप्रिय छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);