सबै प्रदेशमा ‘टुरिजम पार्क’ निर्माण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सबै प्रदेशमा ‘टुरिजम पार्क’ निर्माण गर्ने

pradesh

काठमाडौं, १३ असोज । सरकारले सबै प्रदेशमा ‘टुरिजम पार्क’ निर्माण गर्ने तयारी गरेको छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले सबै प्रदेशमा ‘टुरिजम पार्क’ निर्माण गर्ने तयारी गरिएको बताउनु भएको हो ।

आईतबार काठमाडौंमा संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि सबै प्रदेशलाई पार्क बनाउने जग्गाको व्यवस्था गरिदिन आग्रह गरिएको पनि बताउनु भयो । ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सरकारले पूर्वाधार विकासमा जोड दिईरहेको पनि राष्ट्रिय कार्यक्रम संयोजक बैद्यको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहनु भएका बैद्यले पूर्वाधारको विकास गरेर नै नेपालमा बाह्य पर्यटकहरुको आगमनलाई बढाउन सकिने पनि बताउनु भयो । उहाँले त्यसका लागि टुरिजम पार्क निर्माण गर्न बाह्य लगानीको खोजी भईरहेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);