शेयरबजार परिसूचक नेप्से ४.६६ अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

शेयरबजार परिसूचक नेप्से ४.६६ अंकले घट्यो

stock_exchange_nepse

काठमाडौं, १२ असोज । साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से ४ दशमलब ६६ अंकले घटेर एक हजार १ सय २५ दशमलब एक चार अंकमा पुगेको छ ।

१ सय ५६ कम्पनीका ९ लाख २४ हजार १ सय ९० कित्ताशेयर ४ हजार १ सय २४ पटकको कारोबारबाट २४ करोड १४ लाख ९८ हजार ५ सय ५४ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब नौ आठ अंकले घटेर २ सय ४६ दशमलब ३३ अंकमा पुगेर बन्द भएको छ ।

आइतबार विकास बैंक र अन्य समूहबाहेक सबैको परिसूचक ओरालो लागेको छ । विकास बैंक १ दशमलब चार छ र अन्य समूह २ दशमलब तीन एक अंकले उकालो लागेको छ । प्रभु बैंकको तीन करोड ३६ लाख बढीको शेयर कारोबार भएको छ ।

आँखु खोला जलविद्युत आयोजनाका लगानीकर्ताले सबैभन्दा बढी तीन दशमलब ७७ प्रतिशतले कमाएका छन भने हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी आठ दशमलब शून्य पाँच प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);