रक्सीले मातिएका प्रहरीका इन्स्पेक्टर कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८३, शनिबार

रक्सीले मातिएका प्रहरीका इन्स्पेक्टर कारबाहीमा

police

काठमाडौं, १२ असोज । कार्यक्षेत्रमै मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार पाल काठमाडौं परिसर तानिएका छन्।

शुक्रबार राति महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट अनुगमन टोली पुग्दा उनी मदिराको नसामा थिए। प्रहरी नायब उपरीक्षक पवन भट्टराई नेतृत्वको अनुगमन टोलीलाई निरिक्षक पालले ‘चेन अफ कमाण्ड’ विपरीत गालीगौलज गरेपछि विभागीय कारबाहीको लागि उनलाई परिसर तानिएको हो।

‘आन्तरिक रुपमा ड्युटी दुरुस्त भेटिएन,’ महानगरीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले अन्नपूर्णसँग भने, ‘ उनलाई विभागीय कारवाहीको लागि परिसर तानिएको हो। कार्यक्षेत्रमा रहँदा मापसे गर्न पाइँदैन।’ यो समाचार अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

ताजा समाचार