नेपाली क्रिकेट विवादरहित र पारदर्शी रुपमा अगाडी बढ्छ : अध्यक्ष चन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

नेपाली क्रिकेट विवादरहित र पारदर्शी रुपमा अगाडी बढ्छ : अध्यक्ष चन्द

काठमाडौं, ११ असोज । नेपाल क्रिकेट संघका नव निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले संघ भित्रको सबै काम पारदर्शी ढंगले हुने बताउनु भएको छ ।

शनिवार भएको क्यानको निर्वाचनमा बिजयी भए पछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै अध्यक्ष चन्दले नेपाली क्रिकेट विवादरहित र पारदर्शी रुपमा अगाडी बढ्ने बताउनु भएको हो ।

नेपालीहरुमा नेपाली क्रिकेट खेलाडी सँग धेरै ठुलो अपेक्षा रहेको भन्दै अध्यक्ष चन्दले क्रिकेटको विकाशलाई नयाँ तरिकाले गति दिन आवश्यक रहेको बताउनु भयो ।

आफ्नो कार्यकालमा क्यान भित्रको सबै कामलाई पारदर्शी बनाउन पहिलो दिन देखि लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले नेपालले पाएको एकदिवसीय मान्यतालाई अधिकतम सदुपयोग गरेर आन्तरिक प्रतियोगिता बढाउने, प्रादेशिक र जिल्लास्तरका प्रतियोगिता गराउने योजना बनाउने बताउनु भयो ।

आईसीसीले दिएको रोडम्याप अनुसार क्रिकेट संघले काम गरेको र विवाद समेत नरहेको भन्दै अध्यक्ष चन्दले निलम्बन चाडै फुकुवा हुने बताउनु भयो । आगामी अक्टोबर १३ मा बस्ने आइसीसीको बैठकले नेपाली क्रिकेटलाई सुखद समाचार दिने विश्वाश पनि व्यक्त गर्नु भयो । अध्यक्ष चन्दले निलम्बन फुकुवा संगै यसै वर्ष नेपाल प्रिमियर लिग आयोजना गर्ने योजना नयाँ कार्यसमितिको रहेको पनि बताउनु भयो ।