वीरगन्ज, ११ असोज । १३ औं विश्व रेविज दिवसको अवसरमा शनिबार वीरगंजमा चेतना मूलक र्याली निकालिएको छ । वीरगंज महानगरपालिकाको कार्यालय, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला जनकपुरको सहयोग तथा एशोसियसन अफ भेटेरिनरी प्राक्टिसनर पर्साको अयोजनामा र्याली निकालिएको हो ।
वीरगंजको घण्टाघरबाट सुरु भएको र्याली माईस्थान, आदर्शनगर, अलखिया, घडिहर्वा हुँदै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । र्याली कार्यक्रममा ‘खोप लगाउँ, रेविज उन्मुलन गरौं’, ‘रेविज रोगबाट बाँच्न भेकसिनको प्रयोग गरौं’, ‘पशुपन्क्षीलाई रोग विरुद्ध खोप लगाऔं, रोग लाग्नबाट बचाऔं” लगायतका प्ले कार्ड सहित र्याली गरिएको थियो ।