पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेता बिर्सिने छैनौं : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेता बिर्सिने छैनौं : देउवा

sher bahadur deuwa

काठमाडौं, ९ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुलाई नबिर्सिने बताउनुभएको छ ।

बिहिबार काठमाण्डौको ओमबहालमा निर्माण गरिएको कांग्रेस नेता स्वर्गीय मार्शलजुलुम शाक्यको शालिक अनाबरण गर्दै सभापति देउवाले पार्टीमा ठूलो त्याग र तपस्या गरेका नेताहरुको पहिचान गर्न तत्काल अध्ययन कार्यलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । सभापति देउवाले बिस्मृतिमा पर्दै गएका नेताहरुबारे युवा पुस्तालाई जानकारी दिन कांग्रेसले स्मृति ग्रन्थ प्रकाशन गर्न लागेको उल्लेख गर्नुभयो ।

सभापति देउवाले राजतन्त्रविरुद्ध नेता शाक्यले खेल्नु भएको भूमिकाको जति चर्चा गरेपनि कमै हुने पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);