दसैंमा बसको टिकट पाउनै मुस्किल : कृत्रिम अभाव पार्दै भाडा बढाउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

दसैंमा बसको टिकट पाउनै मुस्किल : कृत्रिम अभाव पार्दै भाडा बढाउँदै

bus yatru

काठमाडौं, ९ असोज । नेपालीको मुख्य चाड दसैं तथा तिहारमा बसको टिकट पाउनै मुस्किल हुने गरेको छ । काठमाडौं उपत्यकाबाट दसैंतिहार मनाउन देशका विभिन्न ठाउँमा जाने सर्वसाधारणले अहिले पनि सहज रूपमा टिकट पाएका छैनन् । बढी मूल्य असुल्नका लागि टिकटको हाहाकार मच्चाउने गरेको यात्रुको आरोप छ ।

उपत्यकाबाट एकैपटक ठूलो संख्यामा यात्रु बाहिरिने मौकालाई व्यवसायीले बढी रकम असुल्ने मौकाका रूपमा उपयोग गर्ने गरेका कारण यात्रुले सहज रूपमा टिकट पाउन नसकेको रौतहटका विश्वराज यादव गुनासो गर्छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने टिकट अभाव हुन नदिने दाबी गर्छन् । उनले टिकटको अवस्था हेरेर बस थपिने बताए । चाडपर्वमा टिकट ब्ल्याकमा बेचिने तथा बढी भाडा लिने गरेको समेत गुनासो आउने गरे पनि अनुगमन नहुँदा यात्री ठगिने गरेका छन् । व्यवसायी तथा ट्राफिक प्रहरीले बढी भाडा लिए तथा ब्ल्याकमा टिकट बिक्री गरे ट्राफिक प्रहरीमा खबर गर्न आग्रह गरेको छ । विभागले आफू जाने ठाउँको भाडादरबारे पूर्वजानकारी राखेर टिकट काट्न जान अनुरोध गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा २६ भदौमा यातायात व्यवसायीसँगको बैठकले ५ भदौबाट टिकट खुलाउने सहमति गरेको थियो । उपत्यकाबाट बाहिर जानेका लागि कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, सुन्धारा, नागढुंगा, लगनखेललगायतका स्थानमा अग्रिम बुकिङ टिकट वितरण भइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);