बजारमा दशैंका लागि किनमेल गर्नेको चहलपहल बढ्यो | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

बजारमा दशैंका लागि किनमेल गर्नेको चहलपहल बढ्यो

प्रमिला भण्डारी

काठमाडौं, ७ असोज । नेपालीहरुको महान पर्व दशैँ, तिहार तथा छठ जस्ता चाडबाड नजिकिएसँगै बजारमा किनमेलको चहलपहल बढ्न थालेको छ । विशेषगरी दशैँको समयमा कपडाको व्यापार बढि हुने गर्दछ । दशैंलाई लक्षित गरि अचेल मासिक झण्डै पाँच अर्ब बराबरको तयारी कपडा आयात भइरहेको छ ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गरौं भनी वर्षेनी स्वदेशी कपडाको प्रदर्शनीहरु हुने गरेका छन् । स्वदेशी लगाउँ, स्वदेशि बनौँ भनेर नाराहरु तय गरिन्छ र व्यापक प्रचार प्रसार पनि हुने गर्छ ।

तर वैदेशिक आयातलाई हेर्ने हो भने यस्ता प्रदर्शनी र नाराहरु बेकार झैं लाग्छ । चालु आर्थिक वर्षको पहिलो महिनामा मात्र ४ अर्व २० करोड ७९ लाख रुपैँया बराबरको तयारी कपडा आयात भएको छ ।

भारत, चीन, थाईल्याण्ड लगायतका मुलुकबाट अर्बाै बराबरको कपडाजन्य वस्तु आयात भएको हो । गत आर्थिक वर्ष २०७५/७६ को पहिलो ३ महिनामा १४ अर्व ७५ करोड ५० लाखको कपडाजन्य वस्तु आयात भएको थियो ।

दशैँ, तिहार तथा छठ जस्ता चाडपर्व नजिकिएकोले यो आयात आगामी महिनामा अझ बढि हुने निश्चिीत छ । दशैँमा नयाँ कपडा लगाउने प्रचलन रहेको छ । त्यसैले दशैँको समयमा कपडाको व्यापार अन्य समयको तुलनामा बढी हुने गर्दछ ।

दशैको समयमा पनि विदाको दिनमा कपडा किन्नेहरुको भिड झनै बढि लाग्ने गर्दछ । अन्य समयको तुलनामा दशैको समयमा व्यापार दोब्बर हुने भएकोले व्यापारमा धेरै नै फरक पर्ने व्यवसायीको धारणा छ ।

राजधानी काठमाडाैंमा धरैजसो मानीसहरु बाहिरि जिल्लाबाट आएर बसोबास गरेका छन् । त्यसैले दशैँको समयमा घर जानको लागी सामानहरु बोक्नु पर्ने भएकोले झोलाको व्यापार पनि राम्रो हुने गर्दछ ।

आवश्यक सामाग्री स्वदेशमा उत्पादन हुन नसक्दा बाह्य मुलुकको भर पर्नु पर्ने बाध्यता छ । यसरी बाह्य मुलुकबाट सामान आयात गर्दा हुने भन्सार जाँचपासलाई व्यवस्थीत गर्न भन्सार विभागले ३/३ महिनामा मुल्य पुनरावलोकन गर्ने गरेको छ ।

यदि मुल्यमा तल माथी भएको पाईएमा स्पष्टिकरण लिने र उचित पुस्ट्याईँ नभएमा मुल्य कायम गरेर जाँचपास गर्ने गरेको भन्सार विभागले जनाएको छ । नेपालमा आयात हुने कपडाजन्य वस्तु मध्ये सबै भन्दा बढि भारतबाट आउने गरेको छ ।

त्यसैले भारतसँगको खुल्ला सिमानाको कारण अवैध रुपमा पनि आउन सक्ने भएकोले राजस्व गस्ती तथा प्रहरीहरु प्रसस्त परिचालन गरिएको विभागको भनाई छ । त्यस्तै ढुवानी गर्दा सबै सामान देखिनु पर्ने भेईकल ट्रयाकिङ सिस्टम लागु भएकोले विगतमा हुने गरेका राजस्व छली तथा अवैध आयातमा भने कमि आएको विभागले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);