अमेरिकाद्वारा साउदी अरेबियामा सेना पठाउने योजना सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

अमेरिकाद्वारा साउदी अरेबियामा सेना पठाउने योजना सार्वजनिक

us to send troops to saudi

एजेन्सी , ४ असोज । अमेरिकाले साउदी अरेबियामा आफ्नो सेना पठाउने योजना सार्वजनिक गरेको छ । साउदी अरेबियाका दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन तथा क्रुज मिसाइल आक्रमणपछि अमेरिकाले सेना पठाउने योजना बनाएको हो ।

रक्षात्मक प्रयोजनका लागि सेना पठाउने तयारी गरिएको अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताएका छन्। साउदी अरेबिया पठाउने अमेरिकी सेनाको संख्या भने खुलाइएको छैन ।

गएको हप्ता साउदी अरेबियामा सरकारी स्वामित्वका दुई तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको जिम्मा इरानको साथ पाएको यमनको हुथी बिद्रोहीले लिएको छ । तर आक्रमण हुथी बिद्रोहीबाट नभई इरानबाटै भएको अमेरिका र साउदी अरेबियाको दाबी छ ।

इरानले यो आरोप अस्वीकार गर्दै आएको छ । साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको संयुक्त आग्रहमा अमेरिकाले सेना पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);