साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ : राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८३, बुधवार

साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ : राष्ट्रपति

rastrapati bidhya devi bhandari

काठमाडौं, ३ असोज । राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकजुट भएर अग्रसर हुन आह्वान गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले संविधान सफलताका साथ कार्यान्वयन हुँदै गईरहेको उल्लेख गर्दै संविधान निर्माणमा एकतावद्ध भएका राजनीतिक दलहरुले मुलुकको आर्थिक समृद्धि हासिल गर्न पनि एकजुट भएर अग्रसर हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पनि प्रशंशा गर्नु भयो ।

राष्ट्रपति भण्डारीले तत्कालीन नेपाली काँग्रेसका सभापति समेत रहनु भएका स्वर्गीय कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदान पनि चर्चा गर्नु भयो ।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले संविधान निर्माणमा सबै राजनीतिक दलहरुको योगदान रहेको चर्चा गर्नु भयो ।

संविधान सभाका अध्यक्ष समेत रहनु भएका उहाँले संविधान निर्माणमा उल्लेखनीय योगदान पु-याएको भन्दै काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको पनि प्रशंशा गर्नु भयो । उपनेता नेम्वाङले संविधानमा असन्तुष्टि भए जनतालाई विश्वासमा लिएर संशोधन गर्दै अघि बढन सकिने पनि स्पष्ट पार्नु भयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्व प्रधानमन्त्री कोइरालालाई ‘मरणोपरान्त जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गर्नु भएको थियो ।