ओलीका निजी चिकित्सक दिव्या सिंह लगायत चार विदेशीलाई पनि पदकबाट विभुषित
काठमाडौं, ३ असोज । सरकारल ६ सय ३४ जनालाई जनालाई मानपदवी, अलंकार र विभिन्न पदक प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर ४ सय ५० जनालाई मानपदवी प्रदान गर्ने भएको छ । जस अनुसार महाउज्वजल राष्ट्रदीपबाट मरोणोपरान्त स्वर्गीय मदनमणि दिक्षित र रविन्द्रप्रसाद अधिकारीलाई प्रदान गरिने भएको छ ।
त्यस्तै अलंकार प्राप्त गर्नेमा १५६ जना रहेका छन् भने विभिन्न पदकबाट २८ जनालाई विभूषित गर्ने भएको छ । सुप्रसिद्ध प्रबल जनसेवाश्री सात जनालाई दिने भएको छ । जसअनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, प्रधानमन्त्री केपी ओलीका निजी चिकित्सक दिव्या सिंह शाह, स्वर्गीय आङ छिरिङ शेर्पासहित चार विदेशी रहेका छन् । जसमा १ जना सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालका डाक्टर र ३ जना भारतीय रहेका छन् ।




