संसद्को अवरोध हट्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

संसद्को अवरोध हट्यो

mahara

काठमाडौं, १ असोज । सरकारले बाँके घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि संसद्को अवरोध हटेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारका तर्फबाट कानुनमन्त्री भानुभक्त ढकालले दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएपछि अवरोध हटेको हो ।

मन्त्री ढकालले घटनामा संलग्न व्यक्तिहरुलाई कारबाहीको लागि दिएको निवेदनमा दर्ता भइसकेको र दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नका लागि सरकार प्रतिबद्ध बताउनुभयो ।

बुधबारको बैठक प्रारम्भको घोषणा हुनासाथ कांग्रेस सांसदहरु ढ्याप ढ्याप गर्दै उठेका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद् दिलेन्द्रप्रसाद बडूलाई बोल्नको लागि समय दिनुभएको थियो ।

बडुले घटनालाई राजनीतिकरण गर्न, र ढाकछोप गर्न खोजिएको आरोप लगाउँदै सरकारको स्पष्ट जवाफ नआएसम्म सदन चल्न नदिने अडान राखेपछि कांग्रेस सांसदहरु उभिएका थिए ।

त्यसपछि सभामुख महराले सरकारका तर्फबाट कानूनमन्त्री ढकालले बोल्न चाहेको बताएपछि कांग्रेस सांसदहरु बसेका थिए ।

कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत गत भदौं २६ गते बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी सभापति किरण कोइराला लगायत माथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेका थिए । त्यसै घटनाको बिरोधमा कांग्रेसले केही दिनदेखि लगातार रुपमा संसद् अवरुद्ध गर्दै आएको थियो ।

ताजा समाचार