मुलुकमा कानुनको सर्वोच्चता कायम हुन सकेन : राधेश्याम अधिकारी | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

मुलुकमा कानुनको सर्वोच्चता कायम हुन सकेन : राधेश्याम अधिकारी

काठमाडौं, १ असोज । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले मुलुकमा कानुनको सर्वोच्चता कायम हुन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले बाँके घटनाको जाहेरी दर्ता नगरेर संसद नै अवरुद्ध गर्नुपर्ने अवस्था श्रृजना हुनुले कानुनको सर्वोच्चता स्वीकार नगरेको स्थिति देखिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

संसदीय समितिले सरकारलाई काम गर्न नदिएको भन्ने प्रधानमन्त्रीको भनाई उदृत गर्दै प्रतिनिधिसभाका सभामुखले संसदीय समितिले सरकारलाई नियन्त्रण गर्न पाउँदैन भन्ने अभिव्यक्ति दिनु संसदीय सर्वोच्चता विपरित भएको दाबी सांसद अधिकारीले गर्नुभयो ।

बैठकमा नेकपाका सांसद रामनारायण विडारीले संसदमा कानुनी शासन कायम हुन नसकेको भन्दै सभाअध्यक्षको ध्यानाकर्षण गराउनुभयो । संविधानको धारा ७६ को उपधारा १० अनुसार प्रधानमन्त्री र मन्त्रीहरु र सदन प्रति व्यक्तिगत र सामुहिक रुपमा जवाफदेही नभएका उल्लेख गर्नुभयो ।

बिडारीले चाडवाड सुरु भएपछि हुने बजार अनुगमन, अनुगमनका नाममा सरोकारित निकायसंग हुने मिलेमतो, सडकको दुराअवस्था लगायतमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);