काठमाडौं, १ असोज । साफ यू–१८ फुटबल च्याम्पियनसिपका लागि भुटानको टिम काठमाडौं आइपुगेको छ । शुक्रबारबाट सुरु हुने प्रतियोगिताका लागि भुटानको टिम बुधवार काठमाडौं आइपुगेको हो ।
प्रतियोगिता असोज ३ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताकोे सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल फुटवलसंघ एन्फाले जनाएको छ । प्रतियोगिताका लागि माल्दिभ्सको टिम यसअघि नै नेपाल आइसकेको छ ।
६ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल र भुटान एकै समुहमा रहेका छन् । यसका साथै सो समुहमा अर्को टिम माल्दिभ्स पनि रहेको छ । नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने छ भने दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको समुह बी मा बंगलादेश, भारत र श्रीलंका रहेका छन् । दुबै समुहबाट शिर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछ ।
नेपालले यसअघि दुई पटक यो प्रतियोगिताको उपाधि जितिसकेको टिम हो । प्रतियोगितामा नेपाली टिमको कप्तानमा जय गुरुङ चयन भएका छन् ।