इलामकै पुरानो सरकारी विद्यालयमा डिजिटल प्रबिधिवाट पढाई सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

इलामकै पुरानो सरकारी विद्यालयमा डिजिटल प्रबिधिवाट पढाई सुरु

smart prabidhi illam

टिका खतिवडा
इलाम, २९ भदौ । सरकारी विद्यालय समय अनुसार चल्न नसकेको भन्ने गुनासो बढी रहेका वेला इलामको पुरानो विद्यालय आदर्श मावि भने स्मार्ट स्कुल घोषणा भएको छ । विद्यार्थीको चाहना र समयको माग अनुसार डिजिटल माध्यमबाट अध्यापन सुरु गरेर आदर्श मावि स्मार्ट स्कुल घोषणा भएको हो ।

इलाम सदरमुकाममा रहेको आदर्श माध्यमिक विद्यालयलाई स्मार्ट स्कुलको रुपमा विकास गरिएको छ । सूचना प्रविधिको प्रयोग गर्दै डिजिटल माध्यमवाट शिक्षा प्रदान गर्ने उदेश्यले यस विद्यालयलाई स्मार्ट स्कुल घोषणा गरिएको हो । राणाशासन कालमा नै स्थापना गरिएको यो विद्यालयलाई कम्प्युटरका माध्यमबाट पढाई सुरुगरेसँगै स्मार्ट स्कुलको रुपमा विकास गरिएको छ । केही समयअघि मात्र विद्यालयलाई आधुनिक र डिजिटल मैत्री वनाउने कार्यको सुरुवात भएको थियो ।

प्रतिनिधि सभाका हरेक निर्वाचन क्षेत्रमा १-१ वटा यस्ता विद्यालयलाई स्मार्ट स्कुलको रुपमा गुणस्तर उकास्ने कार्यक्रम अनुसार इलामको यस विद्यालयलाई स्मार्ट विद्यालय बनाइएको हो । स्मार्ट स्कुलमा गइसकेपछि अब विद्यालयका हरेक कक्षामा चक डस्टरसहित मार्करले लेख्नु पर्ने दिनको अन्त्य भएको छ । यस किसिमको पढाइले नौलो अनुभव सहित पहिला भन्दा अझ सहज भएको विद्यार्थी दिपेश तामाङले बताउनुभयो ।

त्यस्तै विद्यार्थी स्मार्टवोर्ड मार्फत चाहेको कुरा सिक्ने छन् भने अत्याधुनिक सूचना– प्रविधिको अधिकतम प्रयोग गर्नेछन् । यो विद्यालय सुचना मन्त्रालय र प्रदेश सरकारको सहयोग प्रविधि मैत्री भएको हो । सूचना मन्त्रालयले ७० लाख रुपैयाँ बराबरको कम्प्यूटर, स्मार्ट ह्वाइटवोर्ड, प्रोजेक्टर, साउण्ड सिस्टम, नेटवर्क क्यामेरालगायत २० प्रकारका सामग्री सहयोग गरेको छ ।

smart prabidhi illam1

त्यस्तै प्रदेश सरकारवाट करिव २० लाख रुपैयाँ बराबरका कम्प्युटर, सिसी क्यामेरा, एलइडी टिभीलगायतका सामग्री प्रदान गरिएको छ । उपलब्धी मुलक कार्यक्रम भएपनि चुनौती समेत थपिएको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष कोमल निरौलाले बताउनुभयो । यस कार्यक्रमलाई प्रभावकारी ढंगबाट संचालन गर्न सकिन्छ या सकिँदैन भन्ने चिन्ता समेत वढेको उहाँले बताउनुभयो ।

बिद्यालयका प्रधानाध्यापक कुमार पौलेलले स्मार्ट विद्यालय घोषणाले विद्यार्थीहरुलाई अझ दक्ष बनाउने विश्वास व्यक्त गर्नुुभयो । तर विद्युत र इन्टरनेटको नियमित उपलब्धताले भने चुनौती थपिएको उहाँको भनाई छ ।

यस किसिमको पढाइले गरिब र जेहेन्दार विद्यार्थीलाई पनि प्राविधिक विषय अध्यापनका लागि सहज भएको छ । १ देखि १२ कक्षासम्म सञ्चालित यो विद्यालयमा १ हजार ७ सय ६१ जना विद्यार्थी छन् । अङ्ग्रेजी माध्यममा समेत पठनपाठन सुरु गरेको यो विद्यालयमा सूचना प्रविधिको उपयोगले विद्यार्थीको चाप थप बढ्ने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);