निर्मल बाटिकामा ह्याकाथुक प्रतिस्पर्धा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

निर्मल बाटिकामा ह्याकाथुक प्रतिस्पर्धा सम्पन्न

काठमाडौं,२४ भदो । निर्मल बाटिका एकेडेमी र विद्यालयहरुमा रोबोटिक्स कक्षा संचालनमा प्राविधिक सहयोग गरीरहेको संस्था वियोन्ड अपोजीको संयुक्त आयोजनामा अन्तर विद्यालय ह्याकाथुन प्रतिस्पर्धा, कोडिङ तथा डिजाइन च्यालेन्ज २०२३ सम्पन्न भएको छ । टोखा नगरपालिकाका शिक्षा शाखाका प्रमुख बाबुराम गौतमले उक्त कार्यक्रमको उदघाटन गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गौतमले विद्यालयहरुले नियमित पठनपाठन सँगसँगै यसप्रकारको अतिरिक्त क्रियाकलापहरुमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । रोबोटिक्स कक्षा संचालन गरिरहेको उपत्यकका १८ विद्यालयहरुको सहभागीता रहेको उक्त कार्यक्रमको सभापतित्व विद्यालयका पिन्सिपल शिव थापाले गर्नुभएको थियो ।

पिन्सिपल थापाले विद्यालयले वियोन्ड अपोजिसँग मिलेर रोवोटिक्स कक्षा संचालन गरिरहेको साथै डिजी स्कुल, कारखाना साइन्स, निमा डिजिटल लर्निङ, इन्पाएर एजुकेशन लगायतका पार्टनहरुसँगको सहकार्यमा विद्यालयलाई पुर्णरुपमा प्रोग्रेशिभ विद्यालय बनाउने तर्फ लागेको बताउनुभयो । वियोन्ड अपोजीका प्रमुख सुदिप विक्रम अधिकारी, टोखा न।पा शिक्षा शाखा अधिकारीहरु, वडाका जनप्रतिनिधि तथा विभिन्न सहभागी विद्यालयका शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रत्येक विद्यालयका ६ जना प्रतिस्पर्धी थिए । उनिहरुलाई विभिन्न समस्याहरु दिइएको थियो । कोडिङ तथा सफ्टवेयरको माध्यमबाट प्रोग्राम डिजाइन गरी हार्डवेयर निर्माण गरी जजहरूसँग प्रस्तुतीकरण गर्नुपर्ने मुख्य काम प्रतिस्पर्धीहरुको थियो ।

कार्यक्रमको जज नास्टका वरिष्ठ बैज्ञानिक रोशन पाण्डे, पोखरा एट्रोनोमिकल सोसाइटीका अध्यक्ष महेश ठकुरी तथा स्मार्ट चेलीकी सिइओ प्रतिक्षा पाण्डे हुनुहुन्थ्यो । उक्त प्रतिस्पर्धामा विभिन्न विधामा विभिन्न अवार्डहरु वितरण गरिएको थियो । आयोजक निर्मल बाटिकाले वेष्ट टिम वर्क र कोडिङ तर्फ बेष्ट टाइम मेनेजमेन्ट अवार्ड पाएको थियो भने बेदब्यास बोर्डिङ स्कुल काठमाण्डौ सिनियर तर्फ र साहारा राष्ट्रिय विद्यालय भक्तपुर जुनियर तर्फ उत्कृष्ठ विद्यालय घोषित भइ योङ इन्नोभेटर अवार्ड प्राप्त गरे । कार्यक्रमका सभापति तथा प्रिन्सिपल शिव थापा र विद्यालयका डाइरेक्टर कृण्ण बहादुर थापा तथा वियोन्ड अपोजिका सिइओ सुदिप विक्रम अधिकारीले विजेता टिमलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरी विद्यार्थीहरुको उज्वल भविष्यको शुभकामना दिनुभयो ।

Leave a Reply

ताजा समाचार