पोखरा महानगरले दियो सामुदायिक स्कुललाई विद्यार्थी बोक्ने बस | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

पोखरा महानगरले दियो सामुदायिक स्कुललाई विद्यार्थी बोक्ने बस

पोखरा। पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन स्कुल बस सञ्चालन गरेको छ।

लेखनाथ क्षेत्रका ४ वटा विद्यालयलाई एक/एक वटा बस दिइएको हो । पोखरा-२९ को जनप्रकाश मावि, पोखरा-३० को त्रिभुवन शान्ति मावि, पोखरा-३१ को अम्मरसिंह मावि र पोखरा-३२ को ब्रह्मरुपा माविलाई स्कुल बसको चाबी हस्तान्तरण गरिएको हो। सम्बन्धित विद्यालयले प्रतिविद्यालय १२ लाख ५० हजार रुपैयाँ र पोखरा महानगरको तर्फबाट त्यति नै लगानीमा बस खरिद गरिएको हो ।एक करोड एक लाखको लागत भन्सार छुट सुविधामा टाटा कम्पनीका चार वटा स्कुल बस ल्याइएको महानगर शिक्षा महाशाखाले जनाएको छ । उक्त बसमा चालकबाहेक ४० सिट क्षमता छ। बसको चावी हस्तान्तरणपछि मेयर धनराज आचार्यले विद्यार्थी र अभिभावकको पहिलो रोजाई समुदायिक विद्यालय बन्नेगरि गुणस्तरमा सुधार ल्याउने बताए। पोखरामा झण्डै ८५ प्रतिशत विद्यार्थी निजी विद्यालयमा पढ्दै आएको तथ्यांक छ।

मेयर आचार्यले पोखरामा साना विद्यार्थीलाई बोर्डिङको नाममा घण्टौंसम्म बसमा चढाएर विद्यालय पु-याउने गरिएको भन्दै त्यसरी राम्रो सिकाई नहुने बताए। विद्यार्थीलाई सामुदायिक विद्यालयमै रुची बढाउने कार्यक्रम महानगरले ल्याउने र त्यसका लागि विज्ञसँग छलफल गरिने उनको भनाइ छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);