कास्की मा स्कुल बसबाट खसेर ८ बर्षिय बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कास्की मा स्कुल बसबाट खसेर ८ बर्षिय बालकको मृत्यु

death

मदन गिरी, कास्की । कास्की को हेम्जामा स्कुल बसको ढोकाबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । हेम्जा स्थित ज्ञानसागर एकेडेमी स्कुलमा युकेजीमा अध्यनरत ८ वर्षीय विद्यार्थी रोमन तामाङको स्कुल बसको ढोकाबाट खसेर मृत्यु भएको कास्की प्रहरी प्रवक्ता , डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

मंगलबार दिउसो ३ ः ३० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई उपचारको लागी पोखराको फिस्टेल हस्पिटल लगिएको थियो उपचारका क्रममा ४ बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेको डिएसपी हमालले बताउनु भयो ।

प्रहरीले बसचालक पोखरा –१ सिमपानी बस्दै आएका ४७ वर्षीय सानोकान्छा थापालाई पक्राउ गरी सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पनि कास्की प्रहरीले जनाएको छ। कास्कीका केही स्कुलमा बाहेक प्राय स्कुल बसमा सिटको क्षमता भन्दा बढि विद्यार्थी अटेसम्म स्कुुल बसले बोक्ने गरेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);