दीपावलीभन्दा दुई महिनाअघि नै पटाका तस्करी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दीपावलीभन्दा दुई महिनाअघि नै पटाका तस्करी

pataka

सर्लाही, २८ भदौ ।  तस्करहरूले दीपावली एवं छठ पर्वलाई लक्षित गर्दै दुई महिनाअघि नै पटाकालगायत विस्फोटजन्य सामग्री भित्र्याउन सुरु गरेका छन्। नेपाल–भारत खुला सिमानाको अनुचित फाइदा उठाउँदै तस्कर समूहले नेपालतर्फ पटाका, सुतली, आलुलगायत बम, रकेट, फुलझरी, भुइँचम्पा, झिरझिरेलगायत सामग्री भित्र्याउन थालेको प्रहरीले बताएको छ।

सशस्त्र प्रहरीले शुक्रबार ५५ हजार मूल्यबराबरका पटाकालगायत विस्फोटजन्य सामग्री नष्ट पारेको छ। भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा गत बुधबार राति मलंगवा नगरपालिका–१० राजदेवी मन्दिरछेउबाट ती सामग्री बरामद गरिएको १० नम्बर गणकका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए।

बोरामा रहेको विस्फोटजन्य पदार्थ ल्याउँदै गरेका तस्करहरू सुरक्षाकर्मीलाई देख्नेबित्तिकै सामान छाडेर भागेको बताइएको छ। सशस्त्रले शुक्रबार बिहान जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको रोहबरमा खाडलभित्र सामग्री राख्दै माथिबाट पानीसमेत हालेर नष्ट पारेका हो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);