५० जनाको मन्त्रिमण्डल पुन: विस्तार गर्दै प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाण्डौँ, २५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले ५० सदस्यीय जम्बो मन्त्रीपरिषदलाई आज पुनः विस्तार गर्ने भएका छन् ।

 

सरकारमा राप्रपा प्रजातान्त्रिकका तर्फबाट थप ३ जना मन्त्री थपिने भएको छ । राप्रपा प्रजातान्त्रिकले ४ वटा मन्त्रालय माग गरे पनि प्रधानमन्त्रीले ३ वटा मन्त्रालय दिएर मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

 

यसबारे राप्रपा प्रजातान्त्रिकसँग छलफल भइरहेको तर मन्त्रीपरिषद् आजै कि भोलि विस्तार हुने भन्ने टुंगो लागिनसकेको प्रधानमन्त्री निकट श्रोतले जानकारी दिएको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले सुनिल थापा, विक्रम पाण्डे, रामकुमार सुब्बा, दिपक बोहोरा मध्येबाटै मन्त्री बनाउने तयारी गरेका छन् ।

 

प्रधानमन्त्री देउवाले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालयमध्येबाट ३ मन्त्रालय राप्रपा प्रजातान्त्रिकलाई दिने तयारी गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);