काठमाडौं, २४ भदौ । राजनीतिक वृतमा बेला-बेलामा एउटा पुस्तक निकै चर्चामा आउँने गर्छ । पुस्तकका लेखक र अन्तरबस्तुलाई लिएर राजनीतिक गर्मागर्मी पनि हुने गरेको छ । केहि समय अगाडी रअका एक अधिकृतले लेखेको पुस्तकमा रअले नेपालमा गणतन्त्र भित्र्याएको हो र राजतन्त्र हटाएको भन्ने अभिव्यक्ति विवादमा पर्यो । भर्खरै नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य लक्ष्मण पन्तको पुस्तक सार्बजनिक भयो । त्यो पुस्तकको मुख्य विषय तत्कालिन माओवादी र राजनीतिक दलहरुबीच भएको १२ बुदें सहमतिमा केन्द्रित रहेको छ । माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुरा गर्दै लक्ष्मण पन्तले १२ बुदें सहमति भारतकै मध्यस्थतामा भएको बताउनु भयो । उहाँले २००७ सालको क्रान्तिको सम्झौता पनि दिल्लीमै भएको बताउनु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले नेकपा केन्द्रिय सदस्य लक्ष्मण पन्तसंग गरेको कुराकानी हेर्नुहोस् :
ओली असफल, रअले प्रचण्डलाई सिध्याउँदै छ, पाल बाँड्न चिनियाँमन्त्री नेपाल आएका होइनन् : लक्ष्मण पन्त (भिडियोसहित)
ताजा समाचार
मधेस प्रदेशमा यस वर्ष धानको उत्पादन बढ्यो
३ घन्टा अघि
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
३ घन्टा अघि