महोत्तरीमा १३५ अट्ने कारागारमा ५ सय कैदी पुग्यो, भाइरल ज्वरोको प्रकोप | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २७ २०८१, मंगलबार

महोत्तरीमा १३५ अट्ने कारागारमा ५ सय कैदी पुग्यो, भाइरल ज्वरोको प्रकोप

jaleshwor-jail-mahottari

गोपाल झा

महोत्तरी, २४ भदौ । महोत्तरीको जलेश्वर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको छ । कैदीबन्दीमा भाइरल ज्वरो र छाला सम्बन्धी रोगकोे संक्रमण देखिएको छ । महोत्तरी, धनुषा र केही बर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको महोत्तरीको जलेश्वर कारागारका एकचौथाई कैदीबन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको हो ।

कहिले डूवान, कहिले ठाँउको अभाव त कहिले रोगको संक्रमण जस्ता कुराहरुले चर्चामा रहदैँ आएको महोत्तरीको जलेश्वर कारागारको कैदीहरुमा अहिले भाइरल ज्वरोको प्रकोप देखिएको छ । जलेश्वर कारागार महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा सञ्चालन हुँदै आएको छ । क्षमताभन्दा करीव चारगुणा बढी कैदीबन्दीको चाप रहेको कारागारमा अहिले एक चौथाइ कैदीमा भाइरल ज्वरो र छालासम्बन्धी रोगको संक्रमण देखिएको छ ।

जेलर मिश्रका अनुसार १३५ कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा अहिले विभिन्न न्यायिक र अर्धन्यायिक निकायको आदेशमा कैदीबन्दीको संख्या ५ सय पुगेको छ । ४ सय ५१ पुरुष, ४५ महिला र ४ आश्रित बालबालिकासहित अहिले जलेश्वर कारागारमा जम्मा ५ सय कैदीबन्दी छन् । यस कारागारमा बिभिन्न मुद्दामा सजाय भोगीरहेका कैदीबन्दीमध्ये एक जना महिला सहीत २५ जना भारतीय नागरिक पनि छन् । अहिले जलेश्वर कारागारबाट दैनिक ८/१० जना कैदीबन्दी उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइने गरिएको जलेश्वर कारागार सुरक्षामा खटीएका प्रहरी सहायक निरीक्षक मोहन साहले बताउनु भयो ।

दैनिक दर्जनौँको सख्ंयामा बिरामी हुने कैदीबन्दीमध्ये धेरैलाई कारागारमै दरबन्दी भएका सिनियर अहेवले भित्रै गएर र बाहिर निकालेर पनि उपचार गरेका छन् । तर सिकिस्त बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल पठाउने गरिएको छ । जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा. राजिव झाले जलेश्वर अस्पतालमा कारागारबाट उपचार गराउन दैनिक ८ देखी १० जना सम्म कैदीबन्दी आउने गरेको छ ।

चर्को घाम र अत्यधिक गर्मीले अहिले जलेश्वर कारागारबाट उपचारको लागि अस्पताल आउने प्रायः सबै कैदीबन्दी भाइरल ज्वरो र छाला सम्बन्धी रोगबाट प्रभावित रहेको बताउनु भयो । क्षमताभन्दा बढी राखिएका कैदीबन्दी अहिले उकुसमुकुस भएर बाँचिरहेको र एउटा न एउटा कैदीबन्दी बिरामी भइरहने अवस्था रहेको छ । यस कारागारको भवन धेरै पुरानो भएकाले जिर्ण भईसकेपनि सम्बन्धित निकायलाई बारम्बार जानकारी गराइएको भएपनि अहिलेसम्म कसैको यसतर्फ ध्यान जान सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);