संसद्को म्याद आगामी कात्तिक १० गतेसम्म | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

काठमाडौं, २५ भदौ । सघीय लोकतान्त्रिक गणतान्त्रलाई संस्थागत गर्न आवश्यक कानुन र विधेयकहरु पास गर्न बाँकि रहँदै दोस्रो संविधानसभाबाट रुपान्तरित भएको व्यवस्थापिका संसद्को म्याद गुज्रने त होईन भन्ने चिन्ता राजनीति वृत्तमा देखा परेको छ।

आगामी कात्तिक १० गतेबाट अहिलेको संसद्को मयाद सकिदैछ। प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तोकिएको मितिमै भए उम्मेद्वारहरुको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म मात्रै व्यवस्थापिका संसद् कायम रहनेछ।

निर्वाचन आयोगले निर्वाचनको एक महिनाअघि नै मनोनयन दर्ताको कार्यक्रम राखेकाले संसद्को आयु कात्तिक १० गते अर्थात निर्वाचन एक महिना अघिसम्म रहने कानुनी व्यवस्था छ। सरकारले मंसिर १० र २१ गते गरी दुई चरणमा गर्ने गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिसकेको छ। तर, यही संसद्ले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायतका धेरै विधेयक पारित गर्न बाँकि छ।

निर्वाचन आयोगले चुनावको एक महिनाअघि नै मनोनयन दर्ता गराउने र मनोनयनको अघिल्लो दिनसम्म मात्र संसद् कायम रहने संवैधानिक व्यवस्थाका कारण संसद्को आयु बढीमा डेढ महिना छ । अहिले संसद्मा तीन दर्जन विधेयक विचाराधिन छन् । मुलुकी ऐन प्रतिस्थापन गर्ने देवानीसंहिता, मधेसी, मुस्लिम, थारु आयोग, सरकारी विधेयक र सामाजिक व्यवहार सुधार विधेयक विभिन्न समितिबाट पारित भई संसद बैठकबाट पारित हुने चरणमा छन्। आजको देशान्तर साप्ताहिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);