सेरेना र बेइन्का एन्ड्रेस्कु यूएस ओपन टेनिसको फाईलनलमा | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

सेरेना र बेइन्का एन्ड्रेस्कु यूएस ओपन टेनिसको फाईलनलमा

tennis

एजेन्सी, २० भदौ । अमेरीकी खेलाडी सेरेना विलियम्स र क्यानडाकी बेइन्का एन्ड्रेस्कु यूएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । यूएस ओपन टेनिसको महिला तर्फको उपाधिका लागि अमेरीकी खेलाडी सेरेना विलियम्स र क्यानडाकी बेइन्का एन्ड्रेस्कु खेल्ने भएका हुन् ।

सेमिफाइनलमा सेरेनाले इलिना भिटोलिनालाई दुई शुन्यको सोझो सेटमा हराउएकी थिइन् । ६ पटककी च्याम्पियन सेरेनाले अब उपाधिका लागि १९ बर्षे क्यानेडीयन खेलाडी बेइन्कासँग प्रतिस्पर्धा गर्ने्छिन । पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेकी बेइन्काले स्विस खेलाडी बेलीन्डा बेनसिसलाई दुई शुन्यको सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेकी हुन् । बेइन्काले पहिलो सेट टाइब्रेकरमा सात छ ले जितेकी थिइन् भने दोस्रो सेट सात पाँचले आफ्नो पक्षमा पारेकी हुन् ।

सेरेनालाई सातौं पटक यूएस ओपनको उपाधि जित्दै सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानमा बराबरी गर्ने सुनौलो अवसर मिलेको छ । यसअधि यो किर्तिमान अस्ट्रेलियन खेलाडी मार्गरेट कोर्टको नाममा रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);