सिंगापुरबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८१, सोमबार

सिंगापुरबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

pm oli

काठमाडौं, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै हुनुहुन्छ । स्वास्थ्योपचारका लागि सिंगापुर जानु भएका प्रधानमन्त्री ओली उपचार प्रक्रिया सकेर स्वदेश फर्किन लाग्नु भएको हो । प्रधानमन्त्री ओली आज दिउँसो १२ः३० बजे काठमाडौँ आइपुग्ने जनाइएको छ ।

उहाँ भदौ पाँच गते उपचारका लागि सिंगापुर जानु भएको हो । उहाको उपचार प्रक्रिया गत बुधबार सकिएको हो । प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर जानु भएका नेता विष्णु पौडेल र बामदेव गौतम पनि प्रधानमन्त्री संगै फर्किँदै हुनु हुन्छ । दुवै नेतासँग प्रधानमन्त्री ओलीले महत्वपूर्ण राजनीतिक वार्ता गरेको र स्वदेश फर्केलगत्तै केही ठूला निर्णय लिन सक्ने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);