एटीएम ह्याकिङ प्रकरण : छानविन समितिले प्रतिवेदन बुझायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एटीएम ह्याकिङ प्रकरण : छानविन समितिले प्रतिवेदन बुझायो

चिनियाँ ह्याकर

काठमाडौं, १९ भदौ । एटीएम ह्याकिङ प्रकरणको जाँचबुझका लागि राष्ट्र बैंकले बनाएको समितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार चिनियाँ ह्याकरहरुले ३ करोड ५८ लाख रुपैयाँ विभिन्न बैंकबाट निकालेका छन् । यसअघि १ करोड ६८ लाख रुपैयाँ निकालेको भनिएको थियो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । उक्त समितिले प्रतिवेदन बुझाउँदै ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ बराबरको रकम झिकिएको बताएको हो ।

भारतबाट मात्र करिब एक करोड ७० लाख रुपैयाँ निकालिएको प्रतिवेदनमा उल्लेख छ । भदौ १४ गते शनिबार बिहान ११ बजेदेखि साँझ साँढे ४ बजेसम्म भिजा इन्टरनेशनलसँग आबद्ध नेप्सका सदस्य बैंकहरुको डेबिट कार्ड प्रयोग गरी रकम निकालिएको थियो ।

नेपालमा १७ बैंकका ६८ एटिएम कार्डहरुबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययन प्रतिवेदनले नेपालमा निकालिएकै हाराहारीमा भारतबाट समेत निकालिएको देखाएको छ ।

चीनियाँ ह्याकरले ६ वटा नेपाली वाणिज्य बैंकहरुको विभिन्न कार्डहरु प्रयोग गरी भारतका २४ बैंकका १सय ३२ एटिएमबाट १ करोड ५ लाख ८७ हजार २ सय भारतीय रुपैयाँ निकालिएको पुष्टि भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);