झापाको अनारमनी हिरासत कक्षमा सिसी क्यामरा जडान | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

झापाको अनारमनी हिरासत कक्षमा सिसी क्यामरा जडान

अनारमनीको हिरासत

झापा, १६ भदौ । झापाको इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा सिसी क्यामरा जडान गरी प्रविधि मैत्री बनाएको छ ।

गत वैशाखमा मेची नगरपालिका – ६ घर भएका १५ वर्षीय किशोरको शौचालयमा झुण्डिएको अबस्थामा शब फेला परेपछि प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनीको हिरासत कक्षलाई प्रविधि मैत्री बनाएको हो ।

प्रहरीले अहिले हिरासत कक्ष भित्र सीसी क्यामेरा जडान गरेको छ भने हिरासतमा रहेका थुनुवाका लागि मनोरञ्जन प्रदान गर्न टेलिभिजनको समेत व्यवस्था गरेको छ ।

हिरासत सुरक्षा योजना अन्तर्गत हिरासत कक्ष भित्र पार्केटिङ गर्न लागिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले बताउनुभयो ।

हिरासत कक्ष भित्रै व्यवस्थित शौचालय बनाइएको र साँघुरो हिरासत कक्षलाई फराकिलो बनाइएको प्रहरी नायव उपरीक्षक थापाको भनाई छ ।

इलाका प्रहरी कार्यालय परिसरमा दुई वटा पुरुषका लागि थुनुवा कक्ष छ भने महिलाका लागि छुट्टै थुनुवा कक्ष र वालवालिकाका लागि सोधपुछ कक्ष समेत अलग्गै बनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);