मंसिरमा हुने निर्वाचनको पर्यवेक्षणका लागि आवेदनको आह्वान | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

मंसिरमा हुने निर्वाचनको पर्यवेक्षणका लागि आवेदनको आह्वान

काठमाडौँ, २४ भदौ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न चाहने संघ संस्थालाई पर्यवेक्षणका लागि आवेदन दिन आह्वान गरेको छ ।

यही भदौ २९ गतेदेखि आगामी असोज १४ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सकिने आयोगले जनाएको छ । निर्वाचन आयोगले आज एक सूचना प्रकाशित गरी यस्तो जानकारी दिएको हो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यमा योगदान पुर्याउन आयोगले अन्तर्राष्ट्रिय संस्था तथा समुदायलाई पर्यवेक्षणमा सहभागी हुनका लागि आग्रह गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);