सोमवारसम्म केहि जिल्लाहरुमा मध्यम वर्षाको संभावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सोमवारसम्म केहि जिल्लाहरुमा मध्यम वर्षाको संभावना

काठमाडौं, १४ भदौ । शनिवार काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा बदली भई वर्षा भएको छ । काठमाडौं उपत्यकामा शनिबार विहान केहीसमय परेको पानी रोकिएको भएपनि पश्चिम नेपालका भूभागमा भने वर्षा बढ्दै जाने मौषम पूर्वानुमान महाशाखाको अनुमान छ ।

मौसमविदका अनुसार सिस्टम विस्तारै पश्चिमतर्फ सर्दै गइरहेकाले पश्चिममा पानी पर्ने क्रम बढ्छ । १८ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा २३.७ मिलिमिटर वर्षा मापन गरिएको छ ।

आइत र सोमबार पनि पूर्व, मध्य र पश्चिमका केही जिल्लाहरुमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान छ । पानी पर्दा चट्याङसहित पर्ने भएकाले सतर्कता अपनाउन मौसमविले सुझाव दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);