राष्ट्रियसभाको शुन्य र विशेष समयमा कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

राष्ट्रियसभाको शुन्य र विशेष समयमा कसले के भने ?

ramnarayan bidari

काठमाडौं, १२ भदौ । राष्ट्रियसभाका सदस्यहरुले देशको समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको विहिबारको बैठकको शुन्य र विशेष समयमा बोल्ने सांसदहरुले फैलदो डेंगु रोग नियन्त्रण लगायत देशको समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बिहिबारको राष्ट्रिय सभाको बैठकमा सांसद शेर बहादुर कुँवरले अछाम जिल्लामा चट्याङबाट ४ जनाको मृत्यु भएको र केही ब्यक्ति घाइते भएका भन्दै चट्याङबाट हुने घटना दाहोरिन नदिन सम्बन्धित क्षेत्रबाट पहल गर्न आग्रह गर्नुभयो ।

सांसद राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली सिंगापरमा रहेका बेला भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गर्नु कानूनी रुपमा पनि त्रुटीपूर्ण भएको भन्दै गल्ती नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामनारायण विडारीले भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठक गर्दा नविनतम प्रविधिप्रति गर्व गर्नुपर्नेमा त्यसको बिरोध हुनु गलत भएको भन्दै सरकारको बचाउ गर्नुभयो।

सांसद उदया शर्मा पौडेलले मुलुकभर डेंगु रोगका विरामीहरु १५ सय ३७ जना पुगेको भन्दै डेंगु रोग नियन्त्रणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय सभाको बिहिवारको सुन्य र बिशेष समयमा बोल्ने अन्य सांसदले पनि देशको समािमयिक बिषयमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);