काठमाडौं, ४ भदौ । सत्तारुढ दल नेकपाका सांसदहरुले नेपाल भारत बीच भएको जलश्रोत सम्बन्धि सम्झौता भारत पक्षले पालना नगर्दा नेपालीहरु पिडित बन्नु परेको बताएका छन् ।
बुधवार राष्ट्रिय सभाको बैठमा सांसदहरुले दुई देश बीच हुने सम्झौता विन विनको आधारमा हुनुपर्ने भन्दै जलस्रोत, तटबन्ध सडक जस्ता बिषयमा भारतीय पक्षसँग छलफल गर्नुपर्ने माग गरे ।
राष्ट्रिय सभाको बुधबारको विशेष समयमा सांसद सुमनराज प्याकुरेलले नेपाल भारत बीच भएको कोशी, गण्डक, र महाकाली सम्झौता लगायत अन्य सम्झौताको व्यवस्था अनुसार भारतीय पक्षले गर्नुपर्ने काम नगर्दा नेपाली जनता पिडित बनेका भन्दै सरकारको ध्यानकर्षण गराउनु भयो ।
त्यसैगरी बैठकमा सांसद कोमल ओलीले नेपाल भारत बीच प्राकृतिक श्रोत बाँडफाँड सम्बन्धि भएका सम्झौता पुनरावलोकन गर्न माग गर्नुभयो ।
सांसद रामनारायण बिडारीले सरकारी आयोजनाहरु ठेकेदारको लापवार्हीले अलपत्रपरेका भन्दै बिकास निर्माणका काम अघि बढाउन सरकारको ध्यानार्षण गराउनुभयो ।
बैठकमा सांसद मुक्ताकुमारी यादवले जनतालाइ शान्तिसुरक्षा र शुसासन कायम गराउन सरकार असफल भएको भन्दै मुलुकमा सरकार भएको अनुभुति दिलाउन आग्रह गर्नुभयो ।
राष्ट्रिय सभाको विशेष र शुन्य समयमा बोल्ने अन्य सांसदहरुले पनि देशको समसायिक बिषयमा सरकारको ध्यानार्कषाण गराएका थिए ।