कैलालीको गेटा आँखा अस्पतालमा विरामीको भीड | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

कैलालीको गेटा आँखा अस्पतालमा विरामीको भीड

कैलाली, ४ भदौ । नेपालबाट स्वास्थ्य उपचारका लागि अन्य मुलुकहरुमा जानु नेताहरुको लागि कुनै नौलो कुरा होइन । भारतीय सीमा क्षेत्रका नेपालीहरु उपचारका लागि भारत जानु पनि सामान्य नै हो । गइरहेका पनि छन् । तर अहिले भारततिर होइन नेपालकै अस्पतालमा भारतीय नागरिकका भीड बढेको भने नौलो देखिन्छ ।

कैलालीको गेटा आँखा अस्पतालमा उपचारका लागि भारतीय नागरिकहरुको भीड बढ्दो देखिन्छ । भारतको उत्तर प्रदेश, उत्तराखण्ड हँुदै दिल्लीबाट समेत आँखाको उपचारका लागि दिनहुँ आउने गरेका छन् ।

नेपालमा सञ्चालित आँखा अस्पतालहरुमा गुणस्तरीय र भारतमा भन्दा सस्तोमा उपचार हुने भएकाले हजाराँै भारतीय नागरिक उपचारका लागि नेपाल आउने गरेका हुन् ।

अस्पतालमा मोतिया बिन्दु, आँखाको शल्यक्रिया लगायतका बिरामीको भारतमा भन्दा नेपालमा राम्रो उपचार हुने भएकोले उपचारका लागि नेपाल आएको भारतीय सेवाग्राहीहरु बताउँछन् ।

गेटा आँखा अस्पतालमा उपचारका लागि आउने विरामी मध्ये झण्डै ५० प्रतिशत भारतीय विरामी हुने गर्छन् । भारतमा आँखाका बिरामी उपचारका लागि अस्पताल नहुनु र भारतीय अस्पताल भन्दा गुणस्तरीय सेवा नेपालमा पाईने भएकोले भारतीय बिरामी नेपाल आउने गरेको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताउनु भयो ।

गेटा आँखा अस्पताल सुदूरपश्चिमकै नमूना अस्पताल जस्तै हुन थालेको छ । आँखाको सम्पूर्ण उपचार स्तरीय हुने हुँदा स्थानीय वासिन्दाको विश्वास त जितेको छ नै छिमेकी भारतका विरामीहरुको समेत विश्वास जित्न सफल भएको छ । गेटा आँखा अस्पतालले आर्थिक बर्ष २०७५/०७६ मा मात्रै झण्डै २ लाख ५० हजार नौ सय ८७ जना आँखा बिरामीको उपचार गरेको तथ्याङक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);