आफ्नो भनाइलाई बंग्याएर प्रचार गरिएकोमा दाहालको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आफ्नो भनाइलाई बंग्याएर प्रचार गरिएकोमा दाहालको आपत्ति

prachanda-puspalal

काठमाडौं, ३ भदौ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भनाइलाई बंग्याएर पार्टी एकता गर्नु गल्ती भएको भनेर प्रचार गरिएकोमा आपत्ति जनाउनु भएको छ ।

जनकपुर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष दाहालले पार्टीलाई सफल बनाउनुको विकल्प नरहेको भन्ने आशयलाई बंग्याएर पार्टी एकता गर्नु गल्ती भयो भनेर प्रचार गरिएको बताउनु भएको छ । अध्यक्ष दाहालले नेकपाको सरकारलाई अव पाँच बर्ष काम गर्न कसैले पनि रोक्न नसक्ने दाबीसमेत गर्नु भयो । उहाँले समृद्ध नेपाल र सुखी नेपालीको मुख्य आकांक्षा अनुसार सरकार अघि बढेको दाबी गर्दै अब संवैधानिक र कानुनी आधार तयार भइसकेकाले विकासले पनि विस्तारै गति लिने विश्वास व्यक्त गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);