दुईपार्टीबीचको एकता सिद्धान्तहीन छैन: प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

दुईपार्टीबीचको एकता सिद्धान्तहीन छैन: प्रचण्ड

prachanda

काठमाडौं, २ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढने लक्ष्य लिएको दावी गर्नु भएको छ ।

सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको बताउनु भएको हो । उहाँले दुई पार्टीबीचको एकता सिद्धान्तहिन ढंगले नभएको पनि बताउनु भयो । अध्यक्ष दाहालले आजको युग सुहाउँने गरी पार्टीको सिद्धान्तलाई परिमार्जन र विकसित गर्दै लैजानुपर्ने पनि दोहो¥याउनु भयो ।

अध्यक्ष दाहालले दुई पार्टीबीचको एकताबाट ऐतिहासिक र असाधारण कामको सूरुवात भएको दोहो¥याउँदै निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भयो । उहाँले सहिदहरुको सपनालाई साकार पार्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको दावी पनि गर्नु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);