NGO र INGO को भरमा गुठी विधेयक ल्याइयो यसले ओली सरकार नै धरापमा पार्यो: भरत जंगम (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

NGO र INGO को भरमा गुठी विधेयक ल्याइयो यसले ओली सरकार नै धरापमा पार्यो: भरत जंगम (भिडियोसहित)

kharo

काठमाडौं, २ असार । आजकल राजनितिकमा होस् वा सडकमा होस् अथवा संसदमा होस् चर्चामा छ गुठी विधेयक । यो विधेयक सरकारले सार्वजनिक गरिसकेपछि सरकारले संसदमा ल्याईसकेपछि तरंग आयो । यो गुठी विधेयकले धेरै विश्लेषण र चर्चा पनि पायो । यो विधेयकको बारेमा आफ्ना धारणहरु अभिव्यक्त भैरहेका छन् । सरकार एउटा कुरा गरिरहेको छ भने गुठीयारहरु र धर्म, संस्कृती परम्परा जगाउने अभियन्ताहरु यसको संरक्षण हुनुपर्दछ भनेर आवाज उठाईरहेका छन् ।

त्यसै पनि यो गुठी विधेयक किन आयो ? यो विधेयकले हाम्रो करिब १५ सय वर्ष अगाडिको ऐतिहासिक परम्परा र संस्कृतीलाई किन खुम्चाउन खोज्यो भन्ने बारे प्रश्नहरु उठिरहेको छ । यो संगै सरकार कै अंगहरु सञ्चारमन्त्री देखि लिएर सांसदहरु पनि खुलेर सरकारको बचाउ गरिरहेका छन् । विधेयक विकृती र विसंगतिलाई समेट्न खोजेको भनेर स्पष्टोक्ती दिईरहेका छन् । तर, गुठीयारहरु र सम्पदा संस्कृती संरक्षणमा लागेकाहरु यसलाई मान्न तयार छैनन् । यो मिलीजुली बसेको समाजलाई धर्म र किसान बीच द्धन्द्ध गराउने त होईन भनि प्रश्न उठिरहेको छ । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता केदार कोइरालाले वरिष्ठ अधिवक्ता भरत जंगमसंग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);