१५औं योजना मार्फत ५ विषयलाई विशेष प्राथमिकता : मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

१५औं योजना मार्फत ५ विषयलाई विशेष प्राथमिकता : मन्त्री अर्याल

पदमा अर्याल

काठमाडौं, ६ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले १५औं योजना मार्फत मन्त्रालयले मुलतः ५ वटा विषयलाई विशेष प्राथमिकतामा राखेर सोही अनुसारका कार्यक्रम र योजना बनाई अघि बढेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत आफ्नो मन्त्रालयमा विनियोजित बजेटमाथि संसदमा उठेका सवालको सम्बोधन गर्दै उहाँले १५औं योजना अनुसार नै मन्त्रालयले कार्यक्रम र योजनालाई प्राथमिकतामा राखेको बतानुभएको हो ।

भुमिहिन सुकुम्बासी, दलित, मुक्तकमैया (हलिया, हलवा चरवा, कम्लरी लगायत पिछडीयका र सिमान्तकृत वर्गको भूमि र भूमी स्रोतमा पहुँच पुर्याउने, भु–उपयोग व्यवस्थित ढंगबाट लागु गरि उत्पादकत्व र आर्थिक वृद्धि हासिल गर्ने, आधुनिक नाप नक्साका प्रविधि अबलम्बन गरि नापजाँच र भू–सुचना उत्पादन र वितरण गर्ने, जग्गा प्रशासनलाई पारदर्शी बनाई कम्युटर प्रणालीबाट सेवा प्रवाह सुनिश्चित गर्ने र सरकारी सार्वजनिक र गुठी जग्गाको उचित संरक्षण सम्बर्द्धन र विकास गर्ने तथा आधुनिक प्रविधियुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यसाथ मन्त्रालय अघि बढेको उहाँले स्पष्ट पार्नुभयो ।

गुठी विधेयकका सम्बन्धमा सांसहरुबाट आएको प्रश्नका बारेमा उहाँले त्यसको आवश्यकता र औचित्य आजपनि उत्तिकै रहेको भएपनि तत्कालका लागि विधेयक फिर्ताको प्रक्रिया अघि बढीसकेको जानकारी गराउनुभयो ।

धेरै प्रश्नहरु विषयभन्दा बाहिरका आएको भन्दै उहाँले “फेरी मन्त्रीले जवाफ दिन नसकेर गयो भन्नुहोला ।” गुठी अन्तर्गतका जग्गाको सही व्यवस्थापनको आवश्यकता आज पनि र भोली पनि रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “गुठी विधेयक आजको विषय होइन तर पनि मैले राख्न चाहन्छु । सरकारको तर्फबाट एउटा संकल्प व्यक्त भईसकेको छ । किन आवश्यक थियो भन्ने कुरा पनि बताईएको छ । त्यो आज मात्रै होइन भोली पनि छ । यससंग जोडिएका दुईवटा पक्षमा सरकार जतिखेर पनि संवेदनशील छ । हाम्रो धर्म संस्कृति, परम्परा, जात्रा, पर्व, मठ, मन्दिरसंग जोडिएका भावनात्मक कुरामा सरकार रत्ती पनि विच्चलित छैन।”

संस्कृतिलाई कायम राख्दै त्यससंग जोडिएको विसंगतिको अन्त्य गर्ने गरि गुठी विधेयक बनाई नयाँ ढंगले सरकार अघि बढेको भएपनि अहिलेका लागि स्थगित भएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले विधेयक फिर्ताबारे चासो राखेका सांसदलाई उहाँले कानुन बुझ्न र सूचना लिन सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो “मन्त्रीको संकल्प मात्रै होइन, सरकारले हिजो मात्रै निर्णय गरेर प्रक्रिया अघि बढिसकेको छ । त्यो यो सदनमा पेश भएकै छैन । यहाँबाट फिर्ता हुँदैन । राष्ट्रियसभाको निम्ति प्रक्रिया अगाडि बढेको छ । माननिय सदस्यहरुले पनि सूचना लिन पर्यो । कानुन बुझ्न पर्यो । ”

उहाँले मोहियानी हकको स्थापित गर्ने सम्बन्धमा सरकार संवेदनशील रहेको र सो सम्बन्धी कानुन निर्माणको लागि प्रक्रिया अघि बढीसकेको जानकारी गराउनुभयो । भु उपयोग ऐन मार्फत चक्काबन्दीलाई जनस्तरबाट सुरुवात गर्ने गरि कानुन निर्माणमा सरकार लागेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);