तीन लाख घुससहित सहायक वन अधिकृत सुरेशचन्द्र डिसी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

तीन लाख घुससहित सहायक वन अधिकृत सुरेशचन्द्र डिसी पक्राउ

ban adhikrit pakrau

डडेल्धुरा, २७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख घुस सहित डडेल्धुराका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अख्तियारको क्षेत्रीय कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको टोलीले सव डिभिजन वन कार्यालय वीपीनगर डोटीका सहायक वन अधिकृत डिसीलाई पक्राउ गरेको हो । टोलीले डिसीलाई घुस रकम ३ लाख २६ हजार रुपैयाँ सहित डडेल्धुराको भाँतकाडाँ बजारबाट पक्राउ गरेको हो । काठ दिलाईदिने भन्दै डिसीले ठेकेदारबाट घुस लिएको सूचना पाएपछि उनलाई पछ्उँयादै जाँदा होटलमा बसीरहेको बेला घुस रकम सहित पक्राउ परेकोे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरले जनाएको छ ।

पक्राउ परेका डिसीकोे झोलामा राखेको तीन लाख २६ हजार रुपैयाँको स्रोत नखुलेकाले निजलाई पक्राउ गरेको समेत कार्यालयले जनाएको छ । यता उनी संगै रहेका डोटी जोरायल गाउँपालिकाका किरण मल्लले त्यो रुपैयाँ आफ्नो रहेको बताएका छन् । पक्राउ परेका सहायक वन अधिकृत डिसीलाई अख्तियारको टोलीले महेन्द्रनगर लगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);