अनुदानका गाडी प्रयोगविहीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अनुदानका गाडी प्रयोगविहीन

prayoghin gadi

काठमाडौं, २५ साउन । विष्णुमति किनार छेउमै काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग छ। विभागअन्तर्गत ट्रान्सफर्मर स्टेसनको परिसरमा चुलिएको फोहोरको दृश्य टाढैबाट देखिन्छ। त्यसको ५ मिटर पर नपुग्दै करिब २ दर्जन सेतो रंगका मिनी ट्रक लामबद्ध राखिएका छन्।

केही वर्षअघिसम्म चिटिक्क देखिएका यी ट्रकको अहिले स्वरूप नै परिवर्तन भएको छ। सेतो रंगको ट्रक खिया लागेर खैरो देखिन थालेका छन्। ट्रकका सिसा लेउ लागेर हरिया भएका छन्। ऐना यताउता बांगिएका छन्। घामको किरण पर्दा खिया लागेका ऐना पहेँला देखिन्छन्। टायरका हावा खुस्किएर लचक्क लच्किएका छन्। वषौँदखि थन्किएका यी ट्रकका वरपर घाँस र झारपात उम्रिएको छ।

विभागको नगर परिसरमा यी मात्र नभएर सयौँ गाडी थन्किएका छन्। कुनै प्रयोग गर्न नमिल्ने भएका छन् भने कुनै प्रयोगमै आएका छैनन्।
फोटन कम्पनीका यी ट्रक परिसरमै थन्क्याइएको धेरै वर्ष भयो। सुरुमा यी ट्रक पार्किङका लागि राखिएका थिए। त्यसपछि प्रयोगमै नआई थोत्रा भएका छन्। डम्पिङ साइटसँगै रहेकाले यी ट्रकको रूप गुमिसकेको छ। हेर्दै पुराना र काम नलाग्ने जस्ता देखिन्छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);