संसद अवरोध खोल्ने सहमतिलाई राजनीति आरोप प्रत्यारोपको विषय नबनाउन ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

संसद अवरोध खोल्ने सहमतिलाई राजनीति आरोप प्रत्यारोपको विषय नबनाउन ध्यानाकर्षण

काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका सांसद् प्रदिप गिरीले संसद अवरोध खोल्ने सन्दर्भमा भएको सहमतिलाई राजनीति आरोप प्रत्यारोपको विषय नबनाउन सबै दलको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले सत्ता पक्ष र प्रतिपक्षी दल दुवैले संसदीय मर्यादा कायम गर्दै गरेको निर्णयलाई दलिय आधारमा व्याख्या र विश्लेषण नगर्न सचेत गराउनुभएको हो ।

संसदीय प्रणालीका बारेमा फरक मत राख्ने र वर्गसत्रुका रुपमा रहेका दुई पक्षको खतरनाक द्धन्द्धबाट निकास निकालेर प्रतिनिधिसभालाई स्वीकार गरेको स्मरण गराउँदै उहाँले असहमत हुनका लागि सहमति हुने थलोको रुपमा प्रतिनिधिसभा रहेकाले त्यसको मर्यादा कायम गर्नका लागि सहभागी सबैले ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो “सभा अवरोधका सन्र्दभमा हिजो भएको सहमतिको बारेमा अहिले टिका टिप्पणी हुँदैछन् । प्रतिपक्ष हार्यो । प्रतिपक्षीले सम्झौता खोज्यो । होइन, सत्तापक्ष आत्तियो । सत्तापक्षले प्रतिपक्षको मान्यो । यी मेरा कानमा परेका शब्दहरु हुन् । हिजो दुवै पक्षले प्रतिनिधिसभाको मर्यादा कायम गरेर आ आफ्नो ठाउँबाट योगदान गरेर विशेष गरेर सभामुखकै पहलबाट कदम लिएको हो । यसका लागि राजनीतिक भनाभनको विषय नबनाउनुहोस । प्रतिपक्षीले उच्चकोटीको सदासयता देखाएको छ । सरकारले पनि विनम्रता देखाएको छ ।”

संसदीय प्रणालीलाई गन्तव्य र सफलतामा पुर्याउने काम चुनौतिपुर्ण रहेको टिप्पणी गर्नुभयो । उहाँले विद्यमान हिंसाको परम्परा, वेरोजगारी, आर्थिक क्रियाकलाप, भ्रष्टाचार लगायतले प्रणालीलाई नै असफल बनाउन हिंडिरहेकाले प्रणालीलाई जिवित राख्न आरोप प्रत्यारोपमा नलागि परस्पर सम्मान गर्दै प्रणाली जोगाउने तर्फ दृढ हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानबाट प्रभावितका लागि संघीय राज्यको सिद्धान्त पालना नहुन्जेल उदारतापुर्वक केन्द्रसरकारबाट अनुदान पठाउने व्यवस्था मिलाउन गृहमन्त्रालय र सरकारलाई आग्रह गर्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);